गुल्मीको रेसुंगा पर्यटको रोजाइमा, आकर्षक संरचना बनाइँदै
गुल्मी । गुल्मीको पर्यटकीय स्थल रेसुङ्गा पहाड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनेको छ । ऐतिहासिक धार्मिक पर्यटनको केन्द्र रेसुङ्गामा विभिन्न आकर्षक संरचनाहरु पनि निर्माण भइरहेका छन् ।
स्थानीय सरकार र व्यक्तिगत लगानीमा समेत संरचनाहरु निर्माण भइरहेका छन् । रेसुंगा क्षेत्रमा निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका यस्ता संरचनाहरुको दृश्यावलोकन गर्न र वनभोज खानको लागि युवायुवतीदेखि वृद्धवृद्धाहरुसम्म रेसुंगाको गर्जुरा, नुनामारे, पोखरी क्षेत्र, भुवनेपार्क लगायतका स्थानमा पुग्ने गरेका छन् ।
रेसुङ्गामा अहिले गुल्मीदरबार गाउँपालिका ३ निवासी सुब्बा बस्नेतले ५० लाखभन्दा बढी रकम खर्च गरेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन् । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाको संगम स्थल भुवने डाँडामा निर्माण गरिएको उक्त आकर्षक मन्दिरले त्यहाँ जाने जो केहीको पनि मन लोभ्याई रहन्छ । भगवान् राम लक्ष्मण र सिताको पौराणिक प्रसंगलाई जोडेर निर्माण गरिएको उक्त मन्दिरमा रिष्यश्रृंङ्गदेखि बानर सेना र जटायुसँगै त्रेता युगमा अयोध्याका राजा दशरथले श्रृंङ्गे रिषीलाई हात्ती घोडा सहित निमन्त्रणा पठाउँदा छोडिएको हात्ती घोडाका पाइलाको निशानी समेत रहेको छ ।
रोजगारीको शिलसिलामा हङकङ, मलेसिया र फिलिपिन्स लगायतका देशमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका बस्नेतले कोभिड १९ को समयमा घरमा आएको बेला खाली समयलाई सदुपयोग गरी मन्दिर बनाएको बताए । उनले आफूलाई धर्मप्रति निकै आस्था रहने भएका कारण पनि सामाजिक काममा लाग्ने प्रेरणा जागेको बताए ।
कलात्मक ढंगले निर्माण गरिएको उक्त मन्दिर रेसुंगाको काखमा अवस्थित छ । बस्नेतले निर्माण गरेको श्रीरामको उक्त मन्दिर अन्य मन्दिरहरू भन्दा भिन्न प्रकारको र पौराणिक प्रशंगले कुँदिएका छन् ।
तिनै चित्र र मूर्तिहरूको दृश्यावलोकन गर्न पर्यटकहरूको मुख्य गन्तव्य स्थल बन्ने पूर्व वडाध्यक्ष खुम खत्रीले बताए । मन्दिर निर्माण भएपछि अहिले त्यस क्षेत्रमा वनभोज खान जानेर र टिकटक बनाउन जानेहरूको चहलपहल बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु
-
विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु
-
एनआरएनएद्वारा काभ्रेका बाढी तथा पहिरो प्रभावित ४०१ परिवारलाई राहत वितरण
-
मुख्यमन्त्री सिंहद्वारा रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण
-
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध
-
मन्त्री यादव र मेलम्ची संघर्ष समिति बिचको वार्ता सफल