गठबन्धनमा सल्लाह गरेर अघि बढ्छौँ : सरकारका प्रवक्ता
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको संसद् पद गुमेपछि अब सत्तारुढ गठबन्धन र सरकारमा के प्रभाव पर्ने हो भन्ने चासो बढेको छ । सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भने अदालतको फैसलापछि अब सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताएकी छन् ।
रातोपाटीसँग कुरा गर्दै प्रवक्ता शर्माले भनिन्, ‘सम्मानित अदालतबाट फैसला आएको छ । अब त्यसको पूर्णपाठ पनि आएपछि त्यसलाई पनि अध्ययन गर्छौँ । हामीले पहिलेदेखि नै सम्मानित अदालतको फैसलालाई मान्दै आएका छौँ, अहिले पनि मान्छौँ । गृहमन्त्रीबारे के गर्ने भन्ने विषयमा गठबन्धन दलमा छलफल हुन्छ । सबैसँग सल्लाह गरेर हामी त्यही अनुसार नै अघि बढ्छौँ ।’
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको सांसद पद शुक्रबार खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको हो। लामिछाने गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण