नेविसंघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप
काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र समितिमा सदस्य थपेको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालयद्वारा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा आज सदस्य थप गरेका हुन् ।
उक्त समितिमा राष्ट्रिय आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा.सुमन आचार्य, नेविसङ्घ पूर्वकेन्द्रीय सदस्य पदम भट्टराई, कृषि, वन तथा पशु विज्ञानका विद्यार्थी रमेशप्रसाद भट्ट, पङ्कजकुमार क्षेत्री, इञ्जिनियर राजेश्वर कमली, पत्रकार टेकराज अवस्थी, अधिवक्ता सुमन सैजुवाल, विकल राई, प्रसन्न वैद्य, प्रकाश श्रेष्ठ, महेन्द्र सिंह सदस्य रहेका छन् ।
स्ववियु निर्वाचनमा नेविसङ्घको सहभागितालाई प्रभावकारी बनाउन उक्त समितिलाई पूर्णता दिइएको अध्यक्ष शेर्पाले बताए । समितिको सदस्यमा प्रकाश सुवेदी, अनुप सुनुवार, डा हिमाल भट्ट, विपीन बुढाथोकी, इञ्जिनियर आदर्श लामिछाने, इञ्जिनियर विपीन भट्टराई, इञ्जिनियर बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पुजा फुँयाल, सगुन कँडेल, पदमा भुसाल, इञ्जिनियर अनुकूल रेग्मी रहेका छन् ।
यसैगरी, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, आशिका पौडेल र शिवलाल पौडेल सदस्य रहेका छन् । उक्त समितिको सदस्य सचिवमा विकल राईलाई मनोनित गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण