दोस्रो दिन पनि पठानको रेकर्ड कमाई
मुम्बई । शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो ।
अर्कोतर्फ तमिल र तेलुगुको आँकडालाई मिलाएर हेर्ने हो भने फिल्मको दोस्रो दिनको कुल कलेक्सन ७२.५ करोड पुगेको छ । घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२९ करोड पुगेको छ । पहिलो दिन ५५ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको थियो ।
विश्वव्यापी कमाईलाई हेर्ने हो भने पठानले दुई दिनमा २२० करोडभन्दा बढी कमाएको छ । पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछ । बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । योसँगै साउथ रिजनको ६ करोड जोड्दा फिल्मको कुल कमाई २२१ करोड नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण