सुजुकीले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने
नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता सुजुकी मोटर कर्पोरेशनले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने घोषणा गरेको छ । एएनआईका अनुसार २०३० को विकास रणनीति घोषणा गर्दा कम्पनीले एसियाकै सबैभन्दा ठूलो डेरी कम्पनी नेशनल डेयरी डेभलपमेन्ट बोर्ड (एनडीडीबी) सँग सम्झौता गरेको बताएको छ ।
कम्पनीले जापानमा गाईको गोबरबाट उत्पादित बायोग्यासबाट बिजुली उत्पादन गर्ने फुजिसान असागिरि बायोमासमा लगानी गरेको जनाएको छ । कम्पनीले भन्यो, ‘भारतीय बजार २०३० तिर अघि बढ्दै जाँदा कूल कार्बोनडायोअक्साइड उत्सर्जनमा भएको वृद्धिलाई रोक्न गाह्रो छ। हामी कार बिक्री बढाउन र कार्बोनडायोअक्साइड उत्सर्जन घटाउने बीच सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ।’ सुजुकीको सीएनजी मोडलमा गाईको गोबरको बायोग्यास प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सीएनजी कार बजारमा सुजुकीको हिस्सा करिब ७० प्रतिशत छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण