शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने

शनिबार, १४ माघ २०७९, १४ : ५२
शनिबार, १४ माघ २०७९

नयाँ दिल्ली । भारतको सबैभन्दा ठूलो कार निर्माता सुजुकी मोटर कर्पोरेशनले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने घोषणा गरेको छ । एएनआईका अनुसार २०३० को विकास रणनीति घोषणा गर्दा कम्पनीले एसियाकै सबैभन्दा ठूलो डेरी कम्पनी नेशनल डेयरी डेभलपमेन्ट बोर्ड (एनडीडीबी) सँग सम्झौता गरेको बताएको छ ।

कम्पनीले जापानमा गाईको गोबरबाट उत्पादित बायोग्यासबाट बिजुली उत्पादन गर्ने फुजिसान असागिरि बायोमासमा लगानी गरेको जनाएको छ । कम्पनीले भन्यो, ‘भारतीय बजार २०३० तिर अघि बढ्दै जाँदा कूल कार्बोनडायोअक्साइड उत्सर्जनमा भएको वृद्धिलाई रोक्न गाह्रो छ। हामी कार बिक्री बढाउन र  कार्बोनडायोअक्साइड उत्सर्जन घटाउने बीच सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ।’ सुजुकीको सीएनजी मोडलमा गाईको गोबरको बायोग्यास प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । सीएनजी कार बजारमा सुजुकीको हिस्सा करिब ७० प्रतिशत छ । –बीबीसी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप