प्रेस सेन्टर नेपालले मनायो १९ औँ वार्षिकोत्सव
प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ । सङ्गठनका विभिन्न कमिटीहरूले प्रभात फेरी, कोणसभा, रक्तदान लगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।
सङ्गठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभात फेरी तथा कोणसभा गरी मनाएको छ। माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभात फेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्व संयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीलगायत सङ्गठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो।
सङ्गठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोणसभा अध्यक्ष विष्णु सापकोटा 'जुगल'को अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण