बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओडिशाका स्वास्थ्यमन्त्रीमाथि घातक हमला

आइतबार, १५ माघ २०७९, १४ : ४७
आइतबार, १५ माघ २०७९

ओडिशाका स्वास्थ्यमन्त्री नब किशोर दासमाथि आइतबार घातक हमला भएको छ । समाचार एजेन्सी पिटिआईले प्रहरीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो हमला झारसुगुडा जिल्लामा भएको बताएको छ ।

एएनआईका अनुसार जिल्लाको ब्रजराजनगर नजिकै केही अज्ञात व्यक्तिले दासमाथि गोली हाने जसमा उनी गम्भीर रुपमा घाइते भए । यो घटना त्यतिबेला भयो जब नब किशोर दास ब्रजराजनगरको गान्धी चोकमा आयोजित एक कार्यक्रममा समावेश हुन जाँदै थिए ।

गोली लागेपछि दासलाई अस्पताल भर्ना गरिएको छ । हालसम्म उनको हमलाको कारण पत्ता लाग्न सकेको छैन ।

यो हमलापछि इलाकामा तनावको स्थिति पैदा भएको छ । बिजू जनता दलका वरिष्ठ नेता दास झारसुगुडा विधानसभा सिटबाट २००९ देखि सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप