ओडिशाका स्वास्थ्यमन्त्रीमाथि घातक हमला
ओडिशाका स्वास्थ्यमन्त्री नब किशोर दासमाथि आइतबार घातक हमला भएको छ । समाचार एजेन्सी पिटिआईले प्रहरीका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो हमला झारसुगुडा जिल्लामा भएको बताएको छ ।
एएनआईका अनुसार जिल्लाको ब्रजराजनगर नजिकै केही अज्ञात व्यक्तिले दासमाथि गोली हाने जसमा उनी गम्भीर रुपमा घाइते भए । यो घटना त्यतिबेला भयो जब नब किशोर दास ब्रजराजनगरको गान्धी चोकमा आयोजित एक कार्यक्रममा समावेश हुन जाँदै थिए ।
गोली लागेपछि दासलाई अस्पताल भर्ना गरिएको छ । हालसम्म उनको हमलाको कारण पत्ता लाग्न सकेको छैन ।
यो हमलापछि इलाकामा तनावको स्थिति पैदा भएको छ । बिजू जनता दलका वरिष्ठ नेता दास झारसुगुडा विधानसभा सिटबाट २००९ देखि सांसद छन् ।
Odisha Health Minister Naba Kishore Dash shot at in Jharsuguda district: Senior police officer
— Press Trust of India (@PTI_News) January 29, 2023
"At a public grievance office opening, Naba Das was the chief guest. When he arrived, crowd gathered to welcome him. Suddenly, a gunshot was heard. We saw a police personnel running away after shooting from close range; Minister to be air lifted to Bhubaneswar," says eye witness https://t.co/IUtmORV2oL pic.twitter.com/7udTvCIVm0
— ANI (@ANI) January 29, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण