श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ
आइतबार, १५ माघ २०७९, २१ : १८
श्रीलङ्का । श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कमाण्डो र वायुसेनाले विशेष अपरेशन गरेको बताएका छन् ।
उनका अनुसार कारवाहीका क्रममा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय ८५ जनालाई पक्राउ गरेको छ । विशेष कारबाहीका क्रममा बरामद अवैध लागुऔषधमध्ये हेरोइन र गाँजा रहेको थल्दुवाले जानकारी दिएका छन् ।
यसैबीच श्रीलङ्काको नौसेनाले उत्तरी जाफना प्रायद्वीपमा नौसेना र प्रहरीले गरेको अपरेसनमा ठूलो मात्रामा भाँङ बरामद भएको बताएको छ । जलसेनाले आइतबार विज्ञप्ति जारी गर्दै समुद्री मार्ग प्रयोग गरी श्रीलङ्कामा लागुऔषधको तस्करी रोक्न विभिन्न उयाय तय गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण