शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा लागुऔषधका दुई सयभन्दा बढी संदिग्ध पक्राउ

आइतबार, १५ माघ २०७९, २१ : १८
आइतबार, १५ माघ २०७९

श्रीलङ्का । श्रीलङ्का प्रहरीले देशका केही भागहरूमा सञ्चालन गरेको विशेष अपरेसनमा लागुऔषधका दुई सयभन्दा बढी संदिग्धलाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता निहाल थल्दुवाले श्रीलङ्काको पश्चिमी र दक्षिणी क्षेत्रमा प्रहरी, विशेष कमाण्डो र वायुसेनाले विशेष अपरेशन गरेको बताएका छन् ।

उनका अनुसार कारवाहीका क्रममा प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २ सय ८५ जनालाई पक्राउ गरेको छ । विशेष कारबाहीका क्रममा बरामद अवैध लागुऔषधमध्ये हेरोइन र गाँजा रहेको थल्दुवाले  जानकारी दिएका छन् ।

यसैबीच श्रीलङ्काको नौसेनाले उत्तरी जाफना प्रायद्वीपमा नौसेना र प्रहरीले गरेको अपरेसनमा ठूलो मात्रामा भाँङ बरामद भएको बताएको छ । जलसेनाले आइतबार विज्ञप्ति जारी गर्दै समुद्री मार्ग प्रयोग गरी श्रीलङ्कामा लागुऔषधको तस्करी रोक्न  विभिन्न उयाय  तय गर्ने बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप