भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित
लखनउ । लखनउमा भएको दोस्रो ट्वान्टी–२० खेलमा भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।
पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।
सानो स्कोर भए पनि न्युजिल्यान्डका बलरहरूले कडा संघर्ष गर्दै खेललाई अन्तिम ओभरमा पुर्याए । अन्तिम ओभरमा भारतले जितका लागि ६ रन जोड्नु परेको थियो । न्युजिल्याण्डले पनि यहाँ हतियार राखेको छैन। भारतले अन्तिम दुई बलमा तीन रन बनाउनु परेको थियो । पाँचौँ बलमा सूर्यकुमार यादवले चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।
सय रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात खासै भएन । ओपनर शुभमन गिल ११ र इशान किशन १९ रन बनाएर आउट भए । राहुल त्रिपाठीले १३ र वासिङ्टन सुन्दरले १० रन मात्र बनाउन सके ।
तर सूर्यकुमार यादव (नटआउट २६) र कप्तान हार्दिक पाण्डेय (नटआउट १५) को जोडीले भारतलाई जित दिलायो। राँचीमा भएको पहिलो खेलमा न्युजिल्याण्ड २१ रनले विजयी भएको थियो । सिरिजको तेस्रो खेल फेब्रुअरी १ मा अहमदाबादमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण