शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित

सोमबार, १६ माघ २०७९, ०७ : ४६
सोमबार, १६ माघ २०७९

लखनउ । लखनउमा भएको दोस्रो ट्वान्टी–२० खेलमा भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् ।

सानो स्कोर भए पनि न्युजिल्यान्डका बलरहरूले कडा संघर्ष गर्दै खेललाई अन्तिम ओभरमा पुर्‍याए । अन्तिम ओभरमा भारतले जितका लागि ६ रन जोड्नु परेको थियो । न्युजिल्याण्डले पनि यहाँ हतियार राखेको छैन। भारतले अन्तिम दुई बलमा तीन रन बनाउनु परेको थियो । पाँचौँ बलमा सूर्यकुमार यादवले चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

सय रनको लक्ष्य पछ्याएको भारतीय टोलीको सुरुवात खासै भएन । ओपनर शुभमन गिल ११ र इशान किशन १९ रन बनाएर आउट भए । राहुल त्रिपाठीले १३ र वासिङ्टन सुन्दरले १० रन मात्र बनाउन सके ।

तर सूर्यकुमार यादव (नटआउट २६) र कप्तान हार्दिक पाण्डेय (नटआउट १५) को जोडीले भारतलाई जित दिलायो। राँचीमा भएको पहिलो खेलमा न्युजिल्याण्ड २१ रनले विजयी भएको थियो । सिरिजको तेस्रो खेल फेब्रुअरी १ ​​मा अहमदाबादमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप