मोहम्मद सोलिहले मालदिभ्सको अर्को राष्ट्रपति पदका लागि जिते पार्टीको प्राथमिक चुनाव
मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आफ्नो पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चुनाव जितेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपतिले पदमा रहँदा अर्को उम्मेदवारीका लागि प्राथमिक चुनाव लड्नु परेको यो पहिलो पटक हो ।
तर उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति मोहम्मद नसिदले पार्टीले जारी गरेको नतिजा स्वीकार गर्न अस्वीकार गरेका छन् । उनको अभियानमा संलग्न एक अधिकारीले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, ‘शनिवार सार्वजनिक भएको नतिजा प्रश्नको घेरामा छ किनभने केही ब्यालेट स्टेसनमा कुल योग्य मतदाताको सङ्ख्या र मतदाताको ट्याली मेल खाइरहेको थिएन ।’
नसिद गुटले यस चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
माल्दिभियन डेमोक्र्याटिक पार्टीले सोलिहले २४,५६६ मतका साथ ६१ प्रतिशत मत प्राप्त गरेको र नसिदलाई १५,६४१ मतले पराजित गरेको बताएको छ । दुवैले पछिल्लो एक महिनामा देशका विभिन्न भागमा चुनावी अभियान र भ्रमण गरेका थिए ।
पार्टीका ४० हजारभन्दा बढी सदस्यले मतदान गरेको पार्टीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिवार सोलिहको जितपछि उनका समर्थकहरू राजधानी मालेमा भेला भएका थिए । सोलिहले आफ्ना समर्थकहरूलाई आगामी राष्ट्रपति चुनावका लागि एकजुट हुन अपिल गरेका छन् ।
मोहम्मद सोलिहले माल्दिभ्यसको अर्को राष्ट्रपति पदका लागि जिते पार्टीको प्राथमिक चुनाव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण