शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोहम्मद सोलिहले मालदिभ्सको अर्को राष्ट्रपति पदका लागि जिते पार्टीको प्राथमिक चुनाव

सोमबार, १६ माघ २०७९, ०९ : ५४
सोमबार, १६ माघ २०७९

मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आफ्नो पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि प्रारम्भिक चुनाव जितेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपतिले पदमा रहँदा अर्को उम्मेदवारीका लागि प्राथमिक चुनाव लड्नु परेको यो पहिलो पटक हो ।

तर उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति मोहम्मद नसिदले पार्टीले जारी गरेको नतिजा स्वीकार गर्न अस्वीकार गरेका छन् । उनको अभियानमा संलग्न एक अधिकारीले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, ‘शनिवार सार्वजनिक भएको नतिजा प्रश्नको घेरामा छ किनभने केही ब्यालेट स्टेसनमा कुल योग्य मतदाताको सङ्ख्या र मतदाताको ट्याली मेल खाइरहेको थिएन ।’

नसिद गुटले यस चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

माल्दिभियन डेमोक्र्याटिक पार्टीले सोलिहले २४,५६६ मतका साथ ६१ प्रतिशत मत प्राप्त गरेको र नसिदलाई १५,६४१ मतले पराजित गरेको बताएको छ । दुवैले पछिल्लो एक महिनामा देशका विभिन्न भागमा चुनावी अभियान र भ्रमण गरेका थिए ।

पार्टीका ४० हजारभन्दा बढी सदस्यले मतदान गरेको पार्टीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिवार सोलिहको जितपछि उनका समर्थकहरू राजधानी मालेमा भेला भएका थिए । सोलिहले आफ्ना समर्थकहरूलाई आगामी राष्ट्रपति चुनावका लागि एकजुट हुन अपिल गरेका छन् ।

मोहम्मद सोलिहले माल्दिभ्यसको अर्को राष्ट्रपति पदका लागि जिते पार्टीको प्राथमिक चुनाव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप