ग्वार्कोमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिएका छन् ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुईजना गरी आठजना घाईते भएका थिए । तर, ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार प्रकाश आचार्यको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको विर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो । कार चालक विकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?
-
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
मखन टोलको आगलागी अझै नियन्त्रणमा आएन, एक जनाको मृत्यु (तस्बिरहरू)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
कैलाश चौधरी सुदूरपश्चिममा फेरि मन्त्री बन्ने
-
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र