शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ विवादमा

सोमबार, १६ माघ २०७९, १४ : १८
सोमबार, १६ माघ २०७९

काठमाडौंँ । चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ विवादमा परेको छ । विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेर बोर्डले  फेष्ट गर्न लागेको भनेर भनेर विरोध सुरु भएको हो । 

सूर्य कर्पोरेसन केही अगाडि वैदेशिक रोजगार विभागले ८० बढी राहदानी र विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र फेला पारेको कम्पनी हो ।

फिल्म निर्माता निर्देशक सन्तोष सेनले पनि सामाजिक संजालमा एकपोष्ट गर्दै  बोर्डको फेष्टको नाममा हुने नेपाली कलाकारको घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ? भन्ने प्रश्न उठाएका छन् । उनले फेष्टमाबोर्डले दिन लागेको ३० लाख सरकारी बजेको समेत विरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँंग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्‍याउने नाराका साथ  दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ गर्ने भएको रहेछ । 

नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने चाहना स्वागतग्य हो । तर नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ?’

त्यस्तै निर्माण कम्पनी षट्कोण आर्ट्सले समेत फेष्टको विरोध गर्दै आफ्नो फिल्म सहभागी नहुने जनाएको छ । विवादित कम्पनीसँग मिलेर फेस्टिभल गर्न लागिएको र अनुमति विना फिल्मलाई समावेश गरिएको प्रति आपत्ति जनाउँदै निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महापुरुष’ फेस्टिभलमा सहभागी नहुने घोषणा गरेको हो । 

३० लाखको खर्चमा विवादास्पद कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमाथि पनि षट्कोण आर्ट्सले प्रश्न समेत उठाएको छ ।

फेष्ट विवादको विषयमाबोर्डअध्यक्ष भुवन केसीसँग बुझ्न पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप