चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ विवादमा
काठमाडौंँ । चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ विवादमा परेको छ । विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेर बोर्डले फेष्ट गर्न लागेको भनेर भनेर विरोध सुरु भएको हो ।
सूर्य कर्पोरेसन केही अगाडि वैदेशिक रोजगार विभागले ८० बढी राहदानी र विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र फेला पारेको कम्पनी हो ।
फिल्म निर्माता निर्देशक सन्तोष सेनले पनि सामाजिक संजालमा एकपोष्ट गर्दै बोर्डको फेष्टको नाममा हुने नेपाली कलाकारको घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ? भन्ने प्रश्न उठाएका छन् । उनले फेष्टमाबोर्डले दिन लागेको ३० लाख सरकारी बजेको समेत विरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँंग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ गर्ने भएको रहेछ ।
नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने चाहना स्वागतग्य हो । तर नेपाली कलाकार घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी विश्व बजारमा लैजान सहयोग गर्छ होला ?’
त्यस्तै निर्माण कम्पनी षट्कोण आर्ट्सले समेत फेष्टको विरोध गर्दै आफ्नो फिल्म सहभागी नहुने जनाएको छ । विवादित कम्पनीसँग मिलेर फेस्टिभल गर्न लागिएको र अनुमति विना फिल्मलाई समावेश गरिएको प्रति आपत्ति जनाउँदै निर्माण कम्पनी षट्कोण आर्ट्सले ‘महापुरुष’ फेस्टिभलमा सहभागी नहुने घोषणा गरेको हो ।
३० लाखको खर्चमा विवादास्पद कम्पनीसँग मिलेर बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलमाथि पनि षट्कोण आर्ट्सले प्रश्न समेत उठाएको छ ।
फेष्ट विवादको विषयमाबोर्डअध्यक्ष भुवन केसीसँग बुझ्न पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण