खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सरकारले लक्षित समुदायका लागि सञ्चालन गरेको खोप अभियान घरघरमा पुग्नुपर्ने बताएका छन् ।
कोभिड १९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले सोमबार आयोजना गरेको राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गिरीले लक्षित समूह समक्ष सम्पूर्ण खोप पु¥याउनुपर्नेमा जोड दिए ।
मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि वडा, पालिका, प्रदेश र संघले विशेष ध्यान दिनुपर्ने बताए । खोपका बारेमा जनताको धारणा अध्ययन गर्न उनले निर्देशन समेत दिए । खोप अभियानलाई प्रत्येक घर र व्यक्तिसम्म पु¥याउन सरकार चुक्न नहुने मन्त्री गिरीको भनाइ छ ।
हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीमा उल्लेख गर्न मन्त्री गिरीले सुझाव दिए । उनले सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने जनशक्ति र पूर्वाधार थपिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै
-
दोस्रो चरणको अभियानमा भाग लिन माओवादी शीर्ष नेताहरू भोलि डडेलधुरा जाँदै
-
भारतीय विदेश मन्त्री जयशंकरको सुरक्षा बढाइयो
-
कर्णाली प्रदेश सभाः देवेन्द्रबहादुर शाही कांग्रेसका सांसद कि स्वतन्त्र ?