खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सरकारले लक्षित समुदायका लागि सञ्चालन गरेको खोप अभियान घरघरमा पुग्नुपर्ने बताएका छन् ।
कोभिड १९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले सोमबार आयोजना गरेको राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गिरीले लक्षित समूह समक्ष सम्पूर्ण खोप पु¥याउनुपर्नेमा जोड दिए ।
मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि वडा, पालिका, प्रदेश र संघले विशेष ध्यान दिनुपर्ने बताए । खोपका बारेमा जनताको धारणा अध्ययन गर्न उनले निर्देशन समेत दिए । खोप अभियानलाई प्रत्येक घर र व्यक्तिसम्म पु¥याउन सरकार चुक्न नहुने मन्त्री गिरीको भनाइ छ ।
हरेक बच्चाको अभिलेख डिजिटल प्रणालीमा उल्लेख गर्न मन्त्री गिरीले सुझाव दिए । उनले सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने जनशक्ति र पूर्वाधार थपिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण