पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ४७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । अधिकारीहरूले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।
प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी निभाउनेहरुलाई लक्षित गरेर आतंकवादीहरुले डरको वातावरण सिर्जना गर्न खोजेको बताएका छन् । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । यद्यपि यसमा पाकिस्तान तालिबानको हात हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
सो समूहले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको घोषणा गरेको थियो । त्यसयता पाकिस्तानमा हिंसाका घटनाहरूमा वृद्धि भएको छ । गत डिसेम्बरमा उनीहरुले पाकिस्तानको उत्तर पश्चिममा रहेको एक प्रहरी कार्यालयमा आक्रमण गरेका थिए जसमा ३३ जना आतंकवादीको मृत्यु भएको थियो ।
यता पेसावरमा भएको घटनामा आक्रमणकारीले मस्जिदमा आत्मघाती विस्फोट गराएको बताइएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी छ । पेसावर प्रहरी प्रमुख मोहमद इजाज खानले स्थानीय मिडियालाई विस्फोटको समयमा ३ सयदेखि ४ जना प्रहरी सो मस्जिदमा उपस्थित रहेका थिए । स्थानीय समयअनुसार दिउँसो साढे १ बजेतिर विस्फोट भएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय