पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो
पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ४७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । अधिकारीहरूले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् ।
प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानको रक्षा गर्ने जिम्मेवारी निभाउनेहरुलाई लक्षित गरेर आतंकवादीहरुले डरको वातावरण सिर्जना गर्न खोजेको बताएका छन् । हालसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएको छैन । यद्यपि यसमा पाकिस्तान तालिबानको हात हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
सो समूहले गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको घोषणा गरेको थियो । त्यसयता पाकिस्तानमा हिंसाका घटनाहरूमा वृद्धि भएको छ । गत डिसेम्बरमा उनीहरुले पाकिस्तानको उत्तर पश्चिममा रहेको एक प्रहरी कार्यालयमा आक्रमण गरेका थिए जसमा ३३ जना आतंकवादीको मृत्यु भएको थियो ।
यता पेसावरमा भएको घटनामा आक्रमणकारीले मस्जिदमा आत्मघाती विस्फोट गराएको बताइएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी छ । पेसावर प्रहरी प्रमुख मोहमद इजाज खानले स्थानीय मिडियालाई विस्फोटको समयमा ३ सयदेखि ४ जना प्रहरी सो मस्जिदमा उपस्थित रहेका थिए । स्थानीय समयअनुसार दिउँसो साढे १ बजेतिर विस्फोट भएको थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण