‘पठान’ ले ५ दिनमा यति धेरै कमाई गरेर बनायो नयाँ कीर्तिमान
मुम्बई । शाहरुख खानको फिल्म पठानले लगातार पाँचौँ दिन नयाँ कीर्तिमान बनाएको छ । यशराज फिल्म्सका अनुसार पठानले पाँच दिनमा विश्वभर ५ सय ४३ करोड भारतीय रुपैयाँ कमाएको छ ।
फिल्मले भारतमा करिब ३ सय ३५ करोड भारु र भारत बाहिर २०८ करोड भारु कमाएको हो ।
यशराज फिल्म्सले पठान हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा छिटो कमाउने फिल्म भएको दाबी गरेको छ । शाहरुख खानको फिल्म पठान २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै यो फिल्मले हरेक दिन कमाईको नयाँ रेकर्ड बनाइरहेको छ । शाहरुख पठानसँग चार वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन् ।
पठानले हालसम्म कति रेकर्ड बनायो ?
पठानले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो । प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले त्यसपछि ट्वीट गरेका थिए, ‘यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठुलो ओपनिङ हो, त्यो पनि छुट्टी नहुँदा र फिल्मको सिक्वेल नहुँदा ।”
पहिलो दिन पठानले विश्वभरका थिएटरबाट कुल १०६ करोड रुपैयाँ कमाएको थियो । दोस्रो दिन पठानले भारतमा ८२ करोड कमायो । हिन्दी संस्करणमा यो कमाई करिब ६८ करोड रुपैयाँ थियो । पठानको दोस्रो दिनको कूल कमाई करिब ११३ करोड रुपैयाँ थियो ।
यशराज फिल्म्सका अनुसार पठान दुई दिनमै विश्वभर १०० करोडभन्दा बढी कमाउने एक मात्र फिल्म हो ।
तेस्रो दिन पठानको कुल कमाई ३१३ करोडभन्दा बढी थियो । फिल्मले तेस्रो दिनसम्म भारतमा २०१ करोड र विदेशमा ११२ करोड कमाएको थियो । यशराज फिल्म्सका अनुसार शाहरुख खानको फिल्म पठानले चौथो दिनसम्म विश्वभर ४२९ करोड, भारतमा २६५ करोड र भारत बाहिर १६४ करोड रुपैयाँ कमाएको छ । पठान फिल्मका निर्माताहरुले पठान संसारमा सबैभन्दा छिटो ४ सय करोड कमाउने हिन्दी फिल्म भएको दाबी गरेका छन् ।
यी सबै बाहेक पठान फिल्मका कारण धेरै सिंगल स्क्रिन थिएटरमा पनि चमक फर्किएको छ । शाहरुख खानले ट्वीटरमा यस्ता धेरै थिएटरको लिस्ट सेयर गरेका थिए । कोरोनापछिको समय थिएटर र चलचित्र उद्योगका लागि राम्रो थिएन ।
यस्तो अवस्थामा पठानले करोडौँ रुपैयाँ कमाउन थालेपछि शाहरुखका फ्यान बाहेक फिल्म इन्डस्ट्रीमा पनि खुसीको माहौल छ । पठान फिल्मको अचम्मको कुरा थियो कि ३३ वर्षपछि श्रीनगरको एउटा सिनेमा हल बाहिर हाउसफुल बोर्ड लगाइयो । सन् १९९० मा कश्मीर अशान्त भएपछि यस्तो पहिलो पटक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण