शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट

मङ्गलबार, १७ माघ २०७९, ०७ : १९
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ । 

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन । उनको श्रीलङ्का भ्रमणलाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत गरेको छ ।  

मङ्गलवारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक सङ्कटले टाट परे पछि बौरिने क्रममा श्रीलङ्काले यो विशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्रमन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलङ्काका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन् । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप