बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान अध्यक्ष चन्दको राजीनामा माग, बैठक बहिस्कार गर्ने चेतावनी

मङ्गलबार, १७ माघ २०७९, १५ : २०
मङ्गलबार, १७ माघ २०७९

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । पोखरामा जारी क्यानको बैठकमा ७ जना केन्द्रीय सदस्यले चन्दको राजीनामा मागेका हुन् । बैठकमा ७ जना केन्द्रीय सदस्यको तर्फबाट ऋषिराम गौतमले राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएका छन् ।

 ‘नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा अध्यक्ष ज्यूको  संलग्न देखिएपछि हामी ७ जनाले पत्रमार्फत राजीनामा माग गरेका छौँ । राजीनामाको विषयमा निवेदन दिएपछि, अब बैठक अगाडि बढाउने त कुरा नै भएन,’ गौतमले भने, ‘पहल उहाँले राजीनामा दिएपछि बैठकमा सहभागी हुन्छौं ।’

राजीनामा माग्ने केन्द्रीय सदस्यमा करण महतरा क्षेत्री, गौतमसँगै दाउद अन्सारी, सञ्जयराज सिंह, छुम्बी लामा, अमितवीर पाण्डे, र धर्मराज गिरी रहेका छन् । राजीनामाको विषयमा छलफल नभए बैठक बहिस्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप