एन प्याब्सनको आयोजनामा काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह हुने
काठमाडौँ । एन प्याब्सनको आयोजनामा काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह हुने भएको छ । नेसनल प्याव्सन काठमाडौंले मंगलबार काठमाडौमा पत्रकारसम्मेलन गरी खेलकुद सप्ताहबारे जानकारी गराएको हो ।
खेलकुद सप्ताहमा काठमाडौँ जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिने आयोजकले बताएको छ । नेसनल प्याब्सन काठमाडौँ महानगर समितिको संयोजनमा हुने खेलकुद सप्ताहमा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश हुने छन् ।
माघ १८ गते टुँडिखेलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन समारोहसँगै मार्चपास खेल हुनेछ । त्यसै गरी बास्केट बल माघ १९ गते मनासलु वर्ल्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौँ स्कुल अफ सेन्टर स्टेट कालीमाटीमा हुने बताइएको छ ।
सम्पूर्ण खेलहरू आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ । खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको बताइएको छ ।
नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष भीष्म पाण्डेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदको महत्त्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा आधा दर्जनभन्दा बढी खेल समावेश गर्ने इच्छा भए पनि समय अभावको कारण चार वटा मात्रै खेल समावेश गरिएको उनको भनाई थियो ।
‘विद्यार्थी भाईबहिनीहरुलाई उनीहरुको आ–आफ्नो खेल क्षमता विद्यालयको कम्पाउन्डभित्र मात्रै नभएर अन्य स्कुलका विद्यार्थीसँग प्रतिस्पर्धा गराएर क्षमता पहिचान गर्न सकौँ भनेर कार्यक्रम आयोजना गरेका छौँ,’ पाण्डेले भने ।
प्याब्सन काठमाडौँका उपाध्यक्ष विजय खरेलले विद्यार्थीहरूको सर्वाङ्गीण पक्षको विकासका लागि खेलको महत्व रहेको बताए । विद्यार्थीको वौद्धिकताको विकास, शारीरिक विकास, सामाजिक विकास र संवेगात्मक विकासका लागि खेलको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण