बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एन प्याब्सनको आयोजनामा काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह हुने

मङ्गलबार, १७ माघ २०७९, १६ : ०१
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । एन प्याब्सनको आयोजनामा काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह हुने भएको छ । नेसनल प्याव्सन काठमाडौंले मंगलबार काठमाडौमा पत्रकारसम्मेलन गरी खेलकुद सप्ताहबारे जानकारी गराएको हो ।

खेलकुद सप्ताहमा काठमाडौँ जिल्लाभरिका करिब ६० वटा विद्यालयले भाग लिने आयोजकले बताएको छ । नेसनल प्याब्सन  काठमाडौँ महानगर समितिको संयोजनमा हुने खेलकुद सप्ताहमा मार्चपास, बास्केट बल, टेबल टेनिस र टग अफ वार (डोरी तान्ने) खेल समावेश हुने छन् ।

माघ १८ गते टुँडिखेलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन समारोहसँगै मार्चपास खेल हुनेछ । त्यसै गरी बास्केट बल माघ १९ गते मनासलु वर्ल्ड कलेज चुच्चेपाटीमा, टेबल टेनिस प्रतियोगिता माघ २० देखि २१ गतेसम्म युनिभर्सल सेकेन्डरी स्कुल धुम्बराहीमा, टग अफ वार (डोरी तान्ने) खेल माघ २२ मा काठमाडौँ स्कुल अफ सेन्टर स्टेट कालीमाटीमा हुने बताइएको छ ।

सम्पूर्ण खेलहरू आधिकारिक संगठनको नियमानुसार खेलाइने बताइएको छ । खेलमा सहभागी भएर प्रथम, दोस्रो र तेस्रो हुनका लागि मेडल र प्रमाणपत्र, सिल्ड, ट्रफीको व्यवस्था रहेको बताइएको छ ।

नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष भीष्म पाण्डेले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदको महत्त्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा आधा दर्जनभन्दा बढी खेल समावेश गर्ने इच्छा भए पनि समय अभावको कारण चार वटा मात्रै खेल समावेश गरिएको उनको भनाई थियो ।

‘विद्यार्थी भाईबहिनीहरुलाई उनीहरुको आ–आफ्नो खेल क्षमता विद्यालयको कम्पाउन्डभित्र मात्रै नभएर अन्य स्कुलका विद्यार्थीसँग प्रतिस्पर्धा गराएर क्षमता पहिचान गर्न सकौँ भनेर कार्यक्रम आयोजना गरेका छौँ,’ पाण्डेले भने ।

प्याब्सन काठमाडौँका उपाध्यक्ष विजय खरेलले विद्यार्थीहरूको सर्वाङ्गीण पक्षको विकासका लागि खेलको महत्व रहेको बताए । विद्यार्थीको वौद्धिकताको विकास, शारीरिक विकास, सामाजिक विकास र संवेगात्मक विकासका लागि खेलको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप