शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै आमाको हत्या गर्ने पक्राउ

मङ्गलबार, १७ माघ २०७९, १७ : १३
मङ्गलबार, १७ माघ २०७९

कैलाली । आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्  ७१ वर्षीया लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका(६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लगानीको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित देउराली सामुदायिक वनबाट फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप