शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले पर्यटक बढे

मङ्गलबार, १७ माघ २०७९, २१ : ०१
मङ्गलबार, १७ माघ २०७९

टर्की । टर्कीमा पर्यटन गतिविधिबाट सङ्कलन हुने राजस्वमा ५३।४ प्रतिशतले वृद्धि भएको छ । देशको पर्यटन राजस्व सङ्कलन ४६.२८ बिलियन अमेरिकी डलर पुगेको यहाँको तथ्याङ्क विभागले जनाएको छ ।  

सन् २०२२ मा चार करोड ४५ लाखभन्दा बढी पर्यटकहरूले टर्कीको भ्रमण गरेका थिए । पर्यटन मन्त्रालयले जनाएअनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा ८०.३ प्रतिशतले वृद्धि भएको हो।   

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल बाह्य पर्यटकहरूको रोजाइको प्रमुख गन्तव्य मध्येको एक हो जहाँ सन् २०२२ मा एक करोड ६० लाख बाह्य पर्यटकले भ्रमण गरेका थिए ।  (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप