टर्कीमा सन् २०२२ मा ८० प्रतिशतले पर्यटक बढे
मङ्गलबार, १७ माघ २०७९, २१ : ०१
टर्की । टर्कीमा पर्यटन गतिविधिबाट सङ्कलन हुने राजस्वमा ५३।४ प्रतिशतले वृद्धि भएको छ । देशको पर्यटन राजस्व सङ्कलन ४६.२८ बिलियन अमेरिकी डलर पुगेको यहाँको तथ्याङ्क विभागले जनाएको छ ।
सन् २०२२ मा चार करोड ४५ लाखभन्दा बढी पर्यटकहरूले टर्कीको भ्रमण गरेका थिए । पर्यटन मन्त्रालयले जनाएअनुसार उक्त सङ्ख्या गत वर्षकोभन्दा ८०.३ प्रतिशतले वृद्धि भएको हो।
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुल बाह्य पर्यटकहरूको रोजाइको प्रमुख गन्तव्य मध्येको एक हो जहाँ सन् २०२२ मा एक करोड ६० लाख बाह्य पर्यटकले भ्रमण गरेका थिए । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण