नेपाल्स सिनेमा फेस्ट : स्वीकृति बिना आफ्नो फोटो प्रयोग गरिएको भन्दै विजय लामाको आपत्ति
क्याप्टेन विजय लामाले दुबईमा आयोजना हुन लागेको नेपाल्स सिनेमा फेस्टमा आफ्नो फोटो प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले बुधवार फेसबुक पेजमा यसप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘न मलाई यसबारे कुनै जानकारी नै छ न निमन्त्रणा नै छ, न मलाई सहभागिता जनाउन समय नै छ । ’
‘यसरी लिखित स्वीकृति बिना नै मेरो तस्बिर चलाएर राख्नु कत्तिको उचित हुन्छ ?’ उनले आयोजकलाई प्रश्न गरेका छन् ।
उनले यस कार्यक्रमसँग आफ्नो कुनै पनि संलग्नता नभएको भन्दै स्पष्ट पनि पारे । यसका साथै, उनले अबदेखि कसैले उनको तस्बिर प्रयोग गर्नु पूर्व सूचना दिन वा स्वीकृति लिएर मात्र अघि बढ्न चेतावनी पनि दिएका छन् ।
चलचित्र विकास बोर्डले फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेस्ट २०२३ ’ विवादित सूर्य कर्पोरेसनसँग सहकार्य गरेको भन्दै यसबारे विरोध पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण