चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्पमाथि १ लाख जरिवाना, ६ महिनाका लागि आपूर्ति बन्द

काठमाडौँ । नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ । निगमले बुधबार जारी गरेको विज्ञप्तिमा सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको उल्लेख छ ।
निगमको करार सम्झौतामा संचालित ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको थियो । निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जवाट २०,००० लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय, विराटनगरको नाममा स्टक ट्रान्सफर गरिएको उक्त ट्यांकर इलाका प्रहरी कार्यालय रुपनी, सप्तरी भन्दा करिब २ किलो मिटर उत्तर तर्फ कच्ची सडकमा माघ १४ गते फेला परेको थियो ।
ट्यांकरमा लोड गरिएको डिजेल अवैध रुपमा बिक्री गरी वेवारिसे अवस्थामा फेला परेपछि प्रहरी प्रशासन र निगमबाट स्थलगत अध्ययन एवं अनुसन्धान गर्दा अवैध रुपमा बेचबिखन भएको खुलेको थियो । निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड लिई निगमले तोकेको स्थानसम्म सुरक्षित साथ ढुवानी नगर्ने चालक र सहचालकलाई भविष्यमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा संलग्न हुन नपाउने गरी बन्देज लगाएको छ ।
साथै ढुवानीकर्तालाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ बमोजिम तीन महिना ढुवानी कार्यबाट निलम्बन गर्ने निर्णय पनि निगमले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुक र जनताप्रति समर्पित भएर काम गर्छु : उपप्रधानमन्त्री खड्का
-
सुदूरपश्चिममा एमालेभित्र द्वन्द्व, भीम रावललाई कारबाहीको चेतावनी
-
मन्त्रालयको कामलाई नतिजामुखी बनाउने छु : ऊर्जामन्त्री बस्नेत
-
कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन
-
भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
-
खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी