सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीहरूलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह

बुधबार, १८ माघ २०७९, २० : १८
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् ।  

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरूलाई  परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरूलाई कस्ने नीति नलिन आग्रह गरेका हुन् ।   

उनले  व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाइ गर्ने गरिएको बताए । उनले कुनैपनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गरे ।   

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए । उनले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताए । उनले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने  बताए ।   

गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा  सहजता आउन लागेको बताए ।  तरलतामा  सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गरे । उनले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताए ।  

गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको पनि उल्लेख गरे ।  

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याए ।   उनले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने  बताए । उनले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर जानुपर्ने देखिएको बताए ।  

गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताए । उनले  अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केही-केही अस्थायी औजार हटाइसकिएको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप