विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी

नयाँ दिल्ली । बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ । अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ ।
अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ । अडानीले आरोप अस्वीकार गर्दै आएका छन् । संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् ।
फोब्र्सको अर्बपतिहरुको सूची अनुसार अडानी अहिले विश्वको १५औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति ७४ दशमलब ७ अर्ब डलर छ । गत हप्ता उनी सूचीको तेस्रो स्थानमा थिए ।
अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँछन्। प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ।
लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको थियो ।
अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत साता एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो । तर, समूहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको थियो ।
ब्लुमबर्गका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो । गत साता पनि अडानी समूहका फर्महरुले करिब ५० अर्ब डलर गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय