नयाँ मिस नेपालका लागि आवेदन खुल्यो
काठमाडौँ । ‘मिस नेपाल–२०२३’ को आवेदन खुल्ला भएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार काठमाडौमा एक कार्यक्रमका बीच नयाँ मिस नेपालको लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।
अगामी जेठ १३ ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने प्रतियोगीतामा सहभागीताका लागि इच्छुकबाट चैत १ गतेसम्म आवेदन मागिएको छ । ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले मात्र आवेदन भर्न सक्ने प्रतियोगीतामा निःशुल्क आवेदनको व्यवस्था छ ।
प्रतियोगीतालाई फराकिलो बनाउन यस पटक आयोजकले ७ प्रदेशमै प्रारम्भिक अडिसन गर्न लागेको छ । जसमा इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म र काठमाडौंमा मार्च १८ मा हुनेछ ।
प्रतियोगीतामा हरेक वर्ष झैँ ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ विजेता छानिनेछ । मिस नेपालको टाइटल स्पोन्सरमा यो पटक पनि डाबर बाटिका रहेको छ ।
कार्यक्रममा ‘मिस नेपाल वर्ल्ड २०२२’ प्रियंका रानी जोशी ‘मिस वर्ल्ड २०२३’मा सहभागीकाे क्रममा रहेको जानकारी समेत दिइयो । मे महिनामा आयोजना हुने प्रतियोगीताका लागि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तयारी समेत गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण