शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ

शुक्रबार, २० माघ २०७९, ०९ : ३६
शुक्रबार, २० माघ २०७९

तपाईँले प्रायः मानिसहरूलाई दूध सँग ड्राई फ्रुट खाएको देख्नु भएको होला । यो किनभने दूधसँग ड्राई फ्रुट खाँदा पचाउन सजिलो हुन्छ र यसको गुण पनि बढ्छ । साथै, तपाईँले दुवैको फाइदा सँगै पाउनु हुन्छ । दूध र किसमिस सँगै खानु पनि सामान्य हो । हामी मध्ये धेरैले यसको सेवन गर्छौँ । यो संयोजन धेरै स्वास्थ्य लाभहरूले भरपुर हुन्छ, साथै यसले धेरै शारीरिक समस्याहरूलाई रोक्न र राहत दिन मद्दत गर्दछ । कतिपयले यसलाई दूधमा मिसाएर सेवन गर्छन् भने कसैले उमालेर खाने गर्छन् । तर के तपाईँलाई थाहा छ, दुवैको स्वास्थ्य लाभ प्राप्त गर्ने अर्को प्रभावकारी  तरिका पनि छ ? त्यो के हो भने, किसमिसलाई दूधमा ७–८ घण्टा भिजाएर पनि सेवन गर्न सकिन्छ । धेरैले पानीमा भिजाएर किसमिस खान्छन्, त्यसै गरी दूधमा भिजाएर पनि खाने गर्छन् ।

भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार राति सुत्नुअघि दूधमा ५–६ वटा किसमिस भिजाएर बिहान खाली पेटमा खाँदा स्वास्थ्यमा अचम्मको फाइदा पुग्छ । यस लेखमा हामी तपाईँलाई दूधमा भिजाएको किसमिस  खानुका ५ फाइदाहरू बताइरहेका छौँ ।

दूधमा भिजाएर किसमिस खानुका फाइदाहरू

डाइटिशियन गरिमाका अनुसार दूध क्याल्सियम, प्रोटिन, भिटामिन डी, बी र अन्य धेरै आवश्यक पोषक तत्त्वहरूको उत्कृष्ट स्रोत हो । जबकि किसमिसमा डाइटरी फाइबर, क्याल्सियम, आइरन, म्याग्नेसियम, जिङ्क, कपर आदि प्रशस्त मात्रामा पाइन्छ । किसमिसलाई दूधमा भिजाउँदा त्यसमा पाइने एन्टि न्यूट्रिएन्टलाई नष्ट गर्नुका साथै दूधमा रहेको पौष्टिकतालाई अव शोषित गर्छ । पचाउन सजिलो हुन्छ र यसबाट स्वास्थ्यलाई धेरै फाइदा हुन्छ जस्तै :

रगतको कमी हुने छैन

शरीरमा रक्त अल्पता भएका व्यक्तिहरूले दूधमा भिजाएर किसमिस दैनिक खाएमा रक्त अल्पता छिट्टै नै हट्छ । किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ, जसले गर्दा यसको सेवनले रगतमा अक्सिजन बढ्छ र रातो रक्त कोशिकाहरू बढाउँछ ।

पेट सफा गर्न सहज हुन्छ

जसलाई बिहान कब्जियतको समस्या हुन्छ र दिसा राम्रोसँग हुँदैन भने उनीहरुले बिहान दूधमा भिजाएको किसमिस खाएमा आन्द्राको चालमा सुधार हुन्छ र पेट सफा हुन्छ ।

पेटको समस्या हट्नेछ

किसमिसमा फाइबर प्रशस्त हुने भएकाले यसले पाचनलाई स्वस्थ राख्न मद्दत गर्छ । जसका कारण तपाईँ पेटमा ग्यास, कब्जियत, फुल्ने, वाकवाकी लाग्ने जस्ता समस्याको सिकार हुनुहुन्न ।

रक्तचाप नियन्त्रण

दूधमा भिजाएर किसमिस खाँदा रक्तचाप नियन्त्रणमा मद्दत पुग्छ । यसको नियमित सेवन गर्नाले मुटु रोगको जोखिम पनि कम हुन्छ ।

हड्डी र मांसपेशी स्वस्थ रहन्छ

क्याल्सियम, प्रोटिन र फाइबरले भरपुर, यो संयोजन हड्डी र मांसपेशीहरूको बल बढाउन र यिनीहरूलाई बलियो बनाउन धेरै महत्त्वपूर्ण छ । यसको नियमित सेवनले जोर्नी र मांसपेशी दुखाइमा धेरै फाइदा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप