बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशन पालना भए-नभएको बुझ्न विमानस्थल पुगे मन्त्री किराती

शनिबार, २१ माघ २०७९, ०९ : ४८
शनिबार, २१ माघ २०७९

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् । शनिबार बिहान पर्यटनमन्त्री किराती विमानस्थल पुगेर अनुगमन गरेका हुन् ।

यसअघि गत माघको पहिलो साता पनि उनले विमानस्थलको अनुगमन गर्दै शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित राख्न निर्देशन  दिएका थिए ।

सो निर्देशन पालना भए नभएको बुझ्न मन्त्री किरातीले आज पुन विमानस्थलको अवलोकन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप