टेस्ला ट्वीटको मामिलामा मस्कलाई धोखाधडीको दोषी पाइएन
सान फ्रान्सिस्को । टेस्लाका संस्थापक र अर्बपति एलन मस्कलाई कम्पनीको गतिविधिसँग सम्बन्धित ट्वीटको कारण गलत काम गरेको आरोपबाट अदालतले शुक्रबार सफाइ दिएको छ । अगस्ट २०१८ मा गरिएको एक ट्वीटमा मस्कले उनीसँग टेस्लालाई सार्वजनिक कम्पनी बनाउनको लागि कोष रहेको बताएका थिए ।
टेस्लाका शेयरधनीहरूको तर्फबाट दायर गरिएको यस मुद्दामा एलोन मस्कले अगस्ट २०१८ मा आफ्नो पदको जिम्मेवारी ठीकसँग पूरा नगरेको र यस ट्वीटबाट शेयरधनीहरूलाई भ्रमित गरेको आरोप लगाइएको थियो । तर, त्यो ७२ बिलियन डलरको सम्झौता कहिल्यै पूरा भएन । यदि सान फ्रान्सिस्कोको अमेरिकी अदालतले मस्कलाई दोषी ठहर गरेको भए उनले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्थ्यो । नौ सदस्यीय निर्णायक मण्डलले आफ्नो फैसला सुनाउन करिब दुई घण्टा लगाएको थियो।
मस्क टेक्सासमा मुद्दा चलाउन चाहन्थे, जहाँ टेस्ला मुख्यालय छ। सान फ्रान्सिस्कोमा निष्पक्ष परीक्षणको अपेक्षा नभएको उनको भनाई थियो । यद्यपि उनले अहिले यो निर्णयको स्वागत गरेका छन् । पछिल्लो निर्णय पछि एलोन मस्कले भने, ‘मानवीय विवेकको जीत भएको कारण यो राम्रो भयो ।’ उनले यस मुद्दामा सर्वसम्मतिले सफाइ दिने निर्णायक मण्डलको निर्णयको गहिरो प्रशंसा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण