शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टेस्ला ट्वीटको मामिलामा मस्कलाई धोखाधडीको दोषी पाइएन

शनिबार, २१ माघ २०७९, १० : ११
शनिबार, २१ माघ २०७९

सान फ्रान्सिस्को । टेस्लाका संस्थापक र अर्बपति एलन मस्कलाई कम्पनीको गतिविधिसँग सम्बन्धित ट्वीटको कारण गलत काम गरेको आरोपबाट अदालतले शुक्रबार सफाइ दिएको छ । अगस्ट २०१८ मा गरिएको एक ट्वीटमा मस्कले उनीसँग टेस्लालाई सार्वजनिक कम्पनी बनाउनको लागि कोष रहेको बताएका थिए ।

टेस्लाका शेयरधनीहरूको तर्फबाट दायर गरिएको यस मुद्दामा एलोन मस्कले अगस्ट २०१८ मा आफ्नो पदको जिम्मेवारी ठीकसँग पूरा नगरेको र यस ट्वीटबाट शेयरधनीहरूलाई भ्रमित गरेको आरोप लगाइएको थियो ।  तर, त्यो ७२ बिलियन डलरको सम्झौता कहिल्यै पूरा भएन । यदि सान फ्रान्सिस्कोको अमेरिकी अदालतले मस्कलाई दोषी ठहर गरेको भए उनले अर्बौं डलर क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्थ्यो । नौ सदस्यीय निर्णायक मण्डलले आफ्नो फैसला सुनाउन करिब दुई घण्टा लगाएको थियो।

मस्क टेक्सासमा मुद्दा चलाउन चाहन्थे, जहाँ टेस्ला मुख्यालय छ।  सान फ्रान्सिस्कोमा निष्पक्ष परीक्षणको अपेक्षा नभएको उनको भनाई थियो । यद्यपि उनले अहिले यो निर्णयको स्वागत गरेका छन् । पछिल्लो निर्णय पछि एलोन मस्कले भने, ‘मानवीय विवेकको जीत भएको कारण यो राम्रो भयो ।’ उनले यस मुद्दामा सर्वसम्मतिले सफाइ दिने निर्णायक मण्डलको निर्णयको गहिरो प्रशंसा गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप