मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा

शनिबार, २१ माघ २०७९, १४ : ००
शनिबार, २१ माघ २०७९

काठमाडौँ । सत्तारुढ गठबन्धनमा गृहमन्त्री पदबारे लफडा चलिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दाबी पुनः पेस गरेपछि सत्तारुढ गठबन्धनमा विवाद चुलिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतबाट लामिछानेको नागरिकताको विषयमा फैसलाको पूर्ण पाठ नआएसम्म सो मन्त्रालय आफूसँगै राख्ने मुडमा छन् । त्यसमाथि लामिछानेले नेपाली पासपोर्टको दुरुपयोग गरेको बारेको उजुरीमाथि अनुसन्धान जारी रहेका कारण प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई गृह मन्त्रालयका फर्काउन अनिच्छुक देखिएका हुन् । उता, गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमाले भने लामिछानेलाई पुनः गृहमन्त्रीमा फर्काउन चाहन्छ । रास्वपाले प्रधानमन्त्रीलाई अल्टिमेटम दिँदै सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

यता संघीय संसद्मा रहेका प्रतिपक्षी दलहरू भने सत्तारुढ दलमा देखिएको विवादबारे ‘पर्ख र हेर’ को मुडमा रहेको छ । शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गृहमन्त्रीको लफडाबारे अहिले नै बोल्ने बेला नभएको बताएका छन् । उनले उनले भने, ‘यसबारे बोल्न धेरै जरुरी छैन । हामीले हेर्ने हो । गर्नेले के गर्छन् त्यो हेरौँ ।’

त्यस्तै, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्रीको बारेमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक रूपमा विवाद देखिएको र यो विषय संसद्मा पनि विषय उठेको बताए । उनले यसबारे आफूहरूले सूक्ष्म ढंगले हेरिरहेको बताए ।

उता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले भने गृहमन्त्रीको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप