सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षिय ड्राइभर रेशम भन्ने रेशम राज पौडेल रहेका छन् ।
उनी नेपालगन्जको रूपैडियाबाट सोमबार पक्राउ परेका हुन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी उनीमाथि अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी दिपक राज अवस्थीले बताए ।
सूचना अधिकारी अवस्थीका अनुसार उनले विभिन्न सामाजिक सञ्जाल तथा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा भ्रमपूर्ण तवरले अपशब्दहरूद्वारा कानूनले वर्जित गरेका शब्द र सामाग्रीहरू प्रसारण गरी, नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्धका सामाग्री बारम्बार प्रकाशन गर्ने गरेका थिए ।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन