दुर्घटना
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
शनिबार, २१ माघ २०७९, ११ : ५९

पाल्पा । पाल्पामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा र छोराको ज्यान गएको हो ।
तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र उनकी आमा ३९ वर्षीय मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो ।
तानसेन– दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर विमानस्थल सञ्चालन अन्योलमा
-
पत्रकारहरुको सुरक्षाका लागि विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल
-
सल्यानमा प्रभावकारी बन्दै एमालेको ‘मिसन ग्रासरुट’
-
कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला
-
एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर