केएमसीमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौँको बुढानीलकण्ठ बस्दै आएका धनराज घलेको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
५० वर्षीय घलेलाई उनकै श्रीमती ४३ बर्षीया हिताकुमारीले मिर्गौला दिएकी हुन् । दुवै मिर्गौलामा समस्या देखिएका धनराजको शरीरमा चिकित्सकहरूले श्रीमती हितकुमारीको देब्रे मिर्गौला प्रत्यारोपण गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाई पुगेका धनराज ४५ दिनको बिदामा गत वैशाखमा नेपाल आएका थिए । नेपाल आएको केही समयपछि उनमा खुट्टा सुनिने लगायत समस्या देखियो । स्वास्थ्य परीक्षण गर्दा उनको दुवै मिर्गौलामा समस्या देखिएपछि केएमसीमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
केएमसीले धनराजबाटै पहिलो पटक मिर्गौला प्रत्यारोपण थालेको हो । मिर्गौला प्रत्यारोपणका लागि केएमसीमा विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाइएको छ । अब मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिइने केएमसीका प्रिन्सिपल प्रा.डा.रतेन्द्रनाथ श्रेष्ठले बताए । ‘विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर केएमसीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका हौं,’ श्रेष्ठले भने, ‘पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ, अब यसलाई निरन्तरता दिन्छौँ ।’
मिर्गौला प्रत्यारोपणका लागि करिब एक दर्जन बिरामी सम्पर्कमा आइसकेको केएमसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण