माओवादीले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने, रिपोर्ट बनाउने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई महिने अभियान चलाउने भएको छ । पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको छ । चुनावको विषयमा पनि समीक्षा गर्ने बारे ठाउँठाउँमा अन्तर्घात भएकाले जनताकोमा गएर रिपोर्ट तयार गर्ने पनि बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
फिल्डबाट तयार भएका रिपोर्टहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने र त्यसअनुसार नै पार्टी अघि बढ्ने प्रवक्ता महराको भनाई छ । उनले भने, ‘सुरुका दिनमा अध्यक्ष र अन्य केही कमरेडहरूले केही प्रस्ताव राख्नुभयो, त्यसको छलफलमा नेताहरूले भाग लिनुभयो । त्यसका आधारमा हामीले विभिन्न समयमा हुने समूहमा होमवर्क गर्यौँ । आज यसको निष्कर्ष निकालेका छौँ । २ महिनापछि केन्द्रीय समितिको बैठक बस्ने, सम्पूर्ण निर्णय केन्द्रीय समितिले गर्ने भन्ने निर्णय भयो । माघको २६ गतेदेखि ५ गते भित्रमा हामीले प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने, र त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको छ । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रूपमा केही निर्देशन र केही वक्तव्यहरू छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ । हाम्रो पार्टी २६ गतेदेखि फिल्डमा जान्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण