अल नासरका लागि पहिलो गोल गरेपछि रोनाल्डोको प्रतिक्रिया
शनिबार, २१ माघ २०७९, १७ : ४७
साउदी अरेबिया । क्रिस्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब अल नसरका लागि शुक्रबार पहिलो गोल गरेका छन् । अल फतेहविरुद्ध खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले टोलीलाई हारबाट जोगाएका हुन् ।
पोर्चुगिज स्टार खेलाडीले गोल गरेपछि सामाजिक सञ्जालमार्फत खुसीयाली व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘साउदी लिगमा पहिलो गोल गरेकोमा र निकै कठिन खेलमा बराबरी हासिल गर्न पुरा टिमले गरेको मिहिनेतका लागि म खुसी छु ।’
अल नासरका लागि तेस्रो खेलमा रोनाल्डोले पहिलो गोल गरेका हुन् । साउदी अरेबियामा भने उनको यो पहिलो गोल थिएन । उनले गत जनवरीमा पीएसजीविरुद्धको मैत्रिपूर्ण खेलमा रियाद अलस्टारबाट खेल्दै दुई गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण