शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अल नासरका लागि पहिलो गोल गरेपछि रोनाल्डोको प्रतिक्रिया

शनिबार, २१ माघ २०७९, १७ : ४७
शनिबार, २१ माघ २०७९

साउदी अरेबिया । क्रिस्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब अल नसरका लागि शुक्रबार पहिलो गोल गरेका छन् । अल फतेहविरुद्ध खेलको अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गर्दै रोनाल्डोले टोलीलाई हारबाट जोगाएका हुन् ।

पोर्चुगिज स्टार खेलाडीले गोल गरेपछि सामाजिक सञ्जालमार्फत खुसीयाली व्यक्त गरेका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘साउदी लिगमा पहिलो गोल गरेकोमा र निकै कठिन खेलमा बराबरी हासिल गर्न पुरा टिमले गरेको मिहिनेतका लागि म खुसी छु ।’

अल नासरका लागि तेस्रो खेलमा रोनाल्डोले पहिलो गोल गरेका हुन् । साउदी अरेबियामा भने उनको यो पहिलो गोल थिएन । उनले गत जनवरीमा पीएसजीविरुद्धको मैत्रिपूर्ण खेलमा रियाद अलस्टारबाट खेल्दै दुई गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप