शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवार अर्याल

आइतबार, २२ माघ २०७९, ०६ : ४७
आइतबार, २२ माघ २०७९

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदमा  सत्ता  गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने÷नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ ।

मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । नेकपा  (माओवादी  केन्द्र)की  नेतृसमेत  रहेकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिइन् । लामो समयसम्म नेकपा (एमाले)मा  रहेकी  अर्यालले  दोस्रो  संविधान  सभा  निर्वाचनअघि  नेकपा  (माओवादी  केन्द्र)मा  प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।  सत्तारूढ  दलहरू  नेकपा  (एमाले)का  १६,  नेकपा  (माओवादी  केन्द्र)का  १५  गरी  ३१  जना  राष्ट्रिय सभा सदस्य छन् । 

उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका  १०,  नेकपा  (एकीकृत  समाजवादी)का  आठ,  जनता  समाजवादी  पार्टी  नेपालका  तीन,  लोकतान्त्रिक समाजवादी पार्टीका  एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप