शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक बस्दै

आइतबार, २२ माघ २०७९, ०८ : २६
आइतबार, २२ माघ २०७९

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज आइतबार बस्ने भएको हो । प्रदेशसभा सचिवालय हेटौँडाले आज २ बजेका लागि आह्वान गरेको हो । 

गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो । 

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उक्त सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने प्रवक्ता गुप्ताले बताए । आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको उनको भनाई छ ।

यस अघिको प्रदेशसभा बैठकले अनुमोदन गरेको प्रदेशसभा नियमावली संशोधन गरी संसदीय समितिको कार्य क्षेत्र निर्धारण गर्ने, संसद्बाट स्वीकृत भइसकेको ५ वटा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकको विषयमाथि छलफल हुन सक्ने उनले बताए । 

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप