छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
मुम्बइ । बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
अमिताभ सन् २०१८ मा आफ्नो छोरीको पुस्तक सार्वजनिक कार्यक्रममा सहभागी थिए । उनले त्यहाँ कुनै पनि फिल्ममा जोडिनुअघि छोरीसँग सल्लाह लिने गरेको खुलासा गरेका थिए । अमिताभ छोरीले जे भन्छिन्, त्यसलाई सत्य मान्छन् । अमिताभको बुझाईमा श्वेताको निरीक्षण शक्ति ठूलो छ । यतीमात्र होइन, घरका जोकोही परिवारका सदस्य उनको कुरा काट्दैनन् ।
अमिताभकी छोरी श्वेताको घर होस् या व्यापार या कुनै पनि व्यावसायिक विषयमा आफ्नो राय राख्छिन् । अमिताभका अनुसार उनकी छोरी एक कुशल कलाकार पनि हुन् । विशेषत उनमा मिमिक्रीको कला छ । अमिताभ आफ्नी छोरीले कुनै पनि फिल्म हिट वा फ्लप हुने घोषणा गर्दा त्यो पुग्ने दाबी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण