आफ्नो ‘जासुसी बेलुन’ खसालेपछि चीनले भन्यो, ‘आवश्यक प्रतिक्रिया दिनेछौँ’
अमेरिकामा आफ्नो ‘असैन्य एयरशिप’ अर्थात् जासुसी बेलुनलाई बल प्रयोग गरेर खसालेकोमा चीनले असन्तोष व्यक्त गर्दै कडा विरोध गरेको छ । चीनको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो ।
चीनले अमेरिकाको कारवाहीलाई ‘राजनीतिक स्टन्ट’ बताउँदै उनीहरुले आवश्यकताभन्दा बढी प्रतिक्रिया दिइरहेको बताएको छ ।
चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले विदेश मन्त्रालयको पक्ष राख्दै आइतबार विभिन्न ट्विट गरेको छ ।
एक ट्विटमा उसले भनेको छ, ‘अमेरिकाले आवश्यकताभन्दा बढी प्रतिक्रिया दिएर अन्तर्राष्ट्रिय परम्पराको गम्भीर उल्लङ्घन गरेको छ । चीन आफ्नो हितको र सम्बन्धित कम्पनीको वैध अधिकारको मजबुतले रक्षा गर्नेछ ।’
चिनियाँ विदेश मन्त्रीको भनाइलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘हामी आगामी समयमा आवश्यक प्रतिक्रिया दिनेछौँ ।’
आफ्नो पहिलो ट्विटमा ग्लोबल टाइम्सले भन्यो, ‘चीनले अमेरिकालाई संयम अपनाउन र यस समस्यालाई शान्तिपूर्ण र व्यावसायिक रूपमा समाधान गर्न स्पष्ट रूपमा भनेको छ । तर अमेरिकाले बल प्रयोग गरेको छ, यो स्पष्ट छ कि उसले आवश्यकताभन्दा बढी प्रतिक्रिया दिइरहेको छ ।’
ग्लोबल टाइम्सले पनि लेखेको छ, ‘अन्ततः आफ्नो जीत देखाउनका लागि यो अमेरिकाले गरेको राजनीतिक स्टन्ट हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण