उपमहानगरहरूको पहिलो राष्ट्रिय सम्मेलन– अनुभव आदान प्रदान
रुपन्देही । उपमहागरपालिकाहरुको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा जारी छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको राष्ट्रिय सम्मेलन शनिवारदेखि बुटवलमा जारी रहेको छ ।
समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरहरूका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरूपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
शनिवार आन्तरिक छलफल भएको र आज आइतबार बिहान बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन समारोह भएको र दिउसो बुटवल उपमहानगरपालिकाको सभा हलमा साझा समस्याबारे छलफल र घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख टेकराज पन्थीले जानकारी दिए ।
उपमहानगरपालिकाहरूका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, सङ्घ र प्रदेश सरकारसँग स्थानीय सरकारका रूपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामूहिक रूपमा छलफलमा जाने पन्थीले बताए । उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करिब ५ सय सहभागी भएको सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने छ ।
उपमहानगरहरूका बीचमा आपसी समन्वय र सहकार्यको उद्देश्यका साथ सम्मेलन हुने र स्थानीय सरकारहरू साझा मुद्दा लिएर एकसाथ अघि बढ्न ऊर्जा मिल्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण