कर्णाली प्रदेश अस्पतालमा गरियो पहिलोपटक मिर्गौला प्रत्यारोपण
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शनिवार गरिएको पहिलो मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर मिर्गौला प्रत्यारोपणबारे जानकारी गराएको हो ।
नवलपरासीका २२ वर्षीय युवक कर्णाली प्रदेशमा दिइएको यो सेवा लिने पहिलो व्यक्ति बनेका छन् । बर्दघाट नगरपालिका–४ का ती युवकलाई ४३ बर्सिया आमाले आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।
‘सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरेपछि पहिलो मिर्गौला प्रत्यारोपण गरिएको हो,’ खड्काले भने । कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।
टोलीमा प्रत्यारोपण केन्द्रका शल्य चिकित्सक डा.रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी थिए । प्रत्यारोपणमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा सल्यचिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पूजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, अपरेसन थिएटरका इन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो । खड्काका अनुसार मिर्गौला प्रत्यारोपण गरिएको बिरामी पाँच दिनमा डिस्चार्ज हुने छ ।
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अस्पतालको कुशल पूर्वाधार र प्रशासनिक व्यवस्थापनले पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएको बताए । उनले भने,‘ अब पश्चिम क्षेत्रको प्रत्यारोपणको माग कर्णाली प्रदेश अस्पताले पूरा गर्ने गरी लाग्नुपर्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण