ओलीले टिनको छानो लगाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित गरे : सांसद चौधरी
आइतबार, २२ माघ २०७९, १६ : ०३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भएपनि ती सबै विस्थापित कार्यक्रमहरू झापा जिल्लाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए ।
उनले जहिल्यै ठुला कुरा गरेर मात्रै देशको विकास नहुने बताए । उनले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे ।
सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै जान सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण