सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु
आइतबार, २२ माघ २०७९, २१ : २५
केन्या । उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।
तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् । लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटना बढेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण