बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

आइतबार, २२ माघ २०७९, २१ : २५
आइतबार, २२ माघ २०७९

केन्या । उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी  दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।

तुर्काना सेन्ट्रल सबकाउन्टीका प्रहरी कमाण्डर लेम्मी न्जिरुले राति करिब १० बजे दुर्घटना भएको जानकारी दिएका छन् । लोद्वार–काकुमा सडकमा ऊँटलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । केन्याका सडक सुरक्षा प्रवर्द्धकहरूले तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सडक दुर्घटना बढेको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप