बस र कार ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु
रुपन्देही । बस र कार ठोक्किँदा रुपन्देहीको भैरहवामा गए राती एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो ।
सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि तनहुँको भीमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय हरिस तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यसैगरी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिब ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण