बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बस र कार ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

सोमबार, २३ माघ २०७९, ०९ : ५६
सोमबार, २३ माघ २०७९

रुपन्देही । बस र कार ठोक्किँदा रुपन्देहीको भैरहवामा गए राती एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । 

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि तनहुँको भीमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय हरिस तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यसैगरी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिब ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप