मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु
सोमबार, २३ माघ २०७९, १० : ०१
रौतहट । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका-७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् ।
आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेस प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढ स्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण