राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित
_Q4wnUDyWzC.jpg)
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
उनले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम सभाका सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय भागवण्डाका विषयमा प्रचण्डसहित देउवा र खड्काबीच छलफल
-
‘नाइँ नभन्नू ल’ का अनुभवले पनि दिँदैछन् एसईई
-
एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल
-
प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना पक्राउ
-
उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
-
यौटा सपनाको अवसान अर्थात् बिरेनप्रतापको सपना र पुँजीवाद