सबैलाई समेटेर अघि बढ्नेछु : उपाध्यक्ष अर्याल
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रर्वाह नराखेर अघि बढ्ने बताइन् । ‘सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा पनि हो । यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने छु । किनभने मलाई निर्वाचित गराउन सबैको भूमिका छ’ अर्यालले भनिन्, ‘यो देशको परिवर्तन ल्याउन हरके पार्टीका महिलाहरुको योगदान छ । कतिपय यो ठाउँमा आउन नपाउँदै सहिद हुनुभयो । यस्ता तमाम घटनाक्रमलाई सम्झेर काम गर्नेछौं ।’
महिलालाई अघि बढाउन के कस्ता नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा समेत आफू गम्भीर रहेको अर्यालले बताइन् । ‘राष्ट्रिय सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा एजेण्डा बनाइने छ । अहिले प्रभावकारी छैन भन्न खोजेको होइन सबै अनुभवी नै हुनुहुन्छ । एउटा अनुभव र भोगाई भोगेर यहाँसम्म आउनुभएको छ’ अर्यालले भनिन्, ‘के गर्दा राष्ट्रियसभालाई अझ प्रभावकारी बनाउन सकिन्छ ? भन्ने विषयमा भूमिका खेल्नुपर्ने छ । अरु महिला मान्यज्यूहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेमा लाग्नु्पर्ने छ ।’ यसरी निर्वाचित भएपछि कामका दौरान के कस्ता समस्याहरु आइपर्छन् त्यतिबेलै योजना बनाएर अघि बढिने अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण