प्रेमप्रसादको आत्मदाह : आरोपीहरूसँग सकियो बयान
काठमाडौँ । प्रेमप्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएर सकेको छ । मृतकले उठाएको विषयसँग सबन्धितहरुसँग बयान लिने काम सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको छ । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले दादागिरी शैलीमा १ लाख ७५ हजार नदिएको आचार्यले आरोप लगाएका छन् ।
बिग मार्टले ५–७ लाखको समान अर्डर गरेर ७५ हजार देखि डेढ लाख मात्रै भुक्तानी दिने गरेको आचार्यले आत्मदाह अघि फेसबुकमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् । पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित शान इन्टरनेशल कलेजका प्रतिनिधिसँग प्रहरीले बयान लिएको छ । शान इन्टरनेशनलले ९० हजार नदिएको आचार्यको आरोप छ । थापाथलीस्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।
आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरी विश्लेषण गरिरहेको छ । ‘सामान किनबेच भएको र आर्थिक कारोबारको अवस्था विश्लेषण गर्दैछौं’ एसएसपी कार्की भन्छन्–‘अनुसन्धान सकेर मुद्दाबारे सरकारी वकिल कार्यालयसँग राय लिन्छौँ ।’ आत्मदाह अघि आचार्यले पोस्ट गरेको ६ हजार शब्दभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग करिब ३ घण्टा बयान लिएका थिए । आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफुले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण