शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रेमप्रसादको आत्मदाह : आरोपीहरूसँग सकियो बयान

बयान र तथ्याङ्क विश्लेषण गरिँदै
सोमबार, २३ माघ २०७९, १८ : ०९
सोमबार, २३ माघ २०७९

काठमाडौँ । प्रेमप्रसाद आचार्यले आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएर सकेको छ । मृतकले उठाएको विषयसँग सबन्धितहरुसँग बयान लिने काम सकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको छ । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले दादागिरी शैलीमा १ लाख ७५ हजार नदिएको आचार्यले आरोप लगाएका छन् ।

बिग मार्टले  ५–७ लाखको समान अर्डर गरेर ७५ हजार देखि डेढ लाख मात्रै भुक्तानी दिने गरेको आचार्यले आत्मदाह अघि फेसबुकमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् । पवन गोल्यानको गोल्यान एग्रो र  नक्सालस्थित शान इन्टरनेशल कलेजका प्रतिनिधिसँग प्रहरीले बयान लिएको छ । शान इन्टरनेशनलले ९० हजार नदिएको आचार्यको आरोप छ । थापाथलीस्थित सुजुकी शोरुमले आफ्नो ४ लाख फिर्ता नगरेर आत्मदाह गर्न बाध्य बनाएको उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरी विश्लेषण गरिरहेको छ । ‘सामान किनबेच भएको र आर्थिक कारोबारको अवस्था विश्लेषण गर्दैछौं’ एसएसपी कार्की भन्छन्–‘अनुसन्धान सकेर मुद्दाबारे सरकारी वकिल कार्यालयसँग राय लिन्छौँ ।’ आत्मदाह अघि आचार्यले पोस्ट गरेको ६ हजार शब्दभन्दा लामो फेसबुक स्ट्याटस र उनको पत्नीले दिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरूले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग करिब ३ घण्टा बयान लिएका थिए । आचार्यले उधारोमा समान लिएर भाटभटेनीले लामो समय पैसा नदिने र सो रकम घुमाएर आफैँले नाफा कमाउने गरेको आरोप लगाएका थिए  प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग पनि बयान लिएको छ । आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले चलाएको नेपाल गाग्रोध्योग कम्पनीलाई आफुले बेचेको घ्यूको पैसा नदिएको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप