महिला सांसदहरूको भूमिका प्रभावकारी हुन जरुरी छ : उपाध्यक्ष अर्याल
मङ्गलबार, २४ माघ २०७९, १२ : १४
काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास गर्ने बताएकी छन् ।
मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उपाध्यक्ष अर्यालले यस्तो बताएकी हुन् । ‘सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु । सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्नेछु’, उपाध्यक्ष अर्यालले भनिन् ‘सङ्घीय संसद्मा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेछ ।’
उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुस गरेको भन्दै आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण