६ महिनामा बैंकको ब्याजदर ३.३५ प्रतिशतले बढ्यो : राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याजदर ३.३५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पुसमसान्तमा ९.४४ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर यस वर्ष १२.७९ प्रतिशत पुगेको हो ।
यद्यपि, समीक्षा अवधिमा यता निक्षेपको औसत भारति ब्याजदर समेत २.१४ प्रतिशतले वृद्धि हुँदै पुस मसान्तमा ८.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा बैंकहरुको औसत भारित निक्षेपको ब्याजदर ६.३७ प्रतिशत रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ४.७६ प्रतिशतबाट बढेर ७.४८ प्रतिशत पुगेको र मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४.७७ प्रतिशत रहेको थियो ।
यता ट्रेजरी बिलतर्फ भने २०७८ पुसमा भारित औसत ब्याजदर ५.०७ प्रतिशत रहेकोमा २०७९ पुसमा ५.८२ प्रतिशतले बढ्दै १०.८९ प्रतिशत पुगको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड