६ महिनामा बैंकको ब्याजदर ३.३५ प्रतिशतले बढ्यो : राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याजदर ३.३५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को पुसमसान्तमा ९.४४ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर यस वर्ष १२.७९ प्रतिशत पुगेको हो ।
यद्यपि, समीक्षा अवधिमा यता निक्षेपको औसत भारति ब्याजदर समेत २.१४ प्रतिशतले वृद्धि हुँदै पुस मसान्तमा ८.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको पुस मसान्तमा बैंकहरुको औसत भारित निक्षेपको ब्याजदर ६.३७ प्रतिशत रहेको थियो ।
यस्तै, समीक्षा अवधिमा अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ४.७६ प्रतिशतबाट बढेर ७.४८ प्रतिशत पुगेको र मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत पुगेको बैंकले जनाएको छ ।
अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ४.७७ प्रतिशत रहेको थियो ।
यता ट्रेजरी बिलतर्फ भने २०७८ पुसमा भारित औसत ब्याजदर ५.०७ प्रतिशत रहेकोमा २०७९ पुसमा ५.८२ प्रतिशतले बढ्दै १०.८९ प्रतिशत पुगको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण