मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कलाकार पदमप्रसाद पौडेलको निधन

मङ्गलबार, २४ माघ २०७९, १७ : १६
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । ९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

लामो समयदेखि दमको रोगबाट पीडित पौडेल ९२ वर्षका थिए । यो उमेरमा पनि अभिनयमा उनको राम्रै सक्रियता थियो । उनी अभिनीत पछिल्ला फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य पनि हुन् । थुप्रै टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापन समेतमा उनको अभिनय छ । पाँच छोरा र दुई छोरीका पिता पौडेलकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्थिन् । संखुवासभाको चैनपुरका उनले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका थिए ।

पौडेलको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । त्यस अगाडि कलाकार संघले झन्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिने प्रवक्ता निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप