कलाकार पदमप्रसाद पौडेलको निधन
काठमाडौँ । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । ९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।
लामो समयदेखि दमको रोगबाट पीडित पौडेल ९२ वर्षका थिए । यो उमेरमा पनि अभिनयमा उनको राम्रै सक्रियता थियो । उनी अभिनीत पछिल्ला फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो ।
करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य पनि हुन् । थुप्रै टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापन समेतमा उनको अभिनय छ । पाँच छोरा र दुई छोरीका पिता पौडेलकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्थिन् । संखुवासभाको चैनपुरका उनले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका थिए ।
पौडेलको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । त्यस अगाडि कलाकार संघले झन्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिने प्रवक्ता निरौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण